बिहेअगावै आमा बन्दै इलियाना

बिहेअगावै आमा बन्दै इलियाना

बलिउड नायिका इलियाना डिक्रुज आमा बन्ने भएकी छन्। लामो समयपछि सामाजिक सञ्जालमा सक्रिय हुँदै इलियानाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। 

उनको यो खबरले उनका शुभचिन्तक भने अचम्ममा परेका छन्। 

किनकि इलियानाले विवाह गरेको खबर अहिलेसम्म सार्वजनिक भएको छैन। उनले आमा बन्दै गरेको खबर सार्वजनिक गर्दा पनि श्रीमान्‌का बारेमा केही बताएकी छैनन्। त्यसपछि इलियानाको सन्तानको पिता को भनेर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। 

तर, इलियानाले सबै प्रश्नलाई बेवास्ता गरेकी छन्। र, लेखेकी छन्, ‘अब रोमाञ्चकताको सुरुवात भएको छ। म मेरा साना डार्लिङहरुलाई भेट्न उत्साहित छु।’

इलियानाले आमा बन्न लागेको खबर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ।