स्थानिय तहहरूले लिन थाले श्रम स्वीकृतिको आवेदन

स्थानिय तहहरूले लिन थाले श्रम स्वीकृतिको आवेदन

काठमाण्डौ । वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरूका लागि श्रम स्वीकृति नवीकरणको आवेदन पालिकाहरूले लिन थालेका छन् ।

सात सय ५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रहरूले यही वैशाख १ गतेदेखि नै श्रम स्वीकृतिको आवेदन भरिदिन थालेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भए पनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि यस्तो व्यवस्था लागू गरिएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिन पाइन्छ ।