महिलाले सेवन गर्नैपर्ने सप्लिमेन्ट के के हुन् ?

महिलाले सेवन गर्नैपर्ने सप्लिमेन्ट के के हुन् ?

काठमाडौं । पुरुष होस् कि महिला, हरेकलाई पोषक तत्वको आवश्यकता पर्छ । आवश्यक पोषक तत्व उमेर र स्वास्थ्यको आधारमा निर्भर गर्छ ।

महिलाको स्वास्थ्यको कुरा गर्नु पर्दा आफ्ना परिवारका सदस्यको ध्यान राख्ने क्रममा आफ्नो स्वास्थ्यको ध्यान भने राख्न बिर्सन्छन् । यहि कारणले उनीहरुले प्रायः विभिन्न स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

तर महिलाहरुले आफू स्वास्थ्य भयो भने मात्र घर–परिवार स्वस्थ रहन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । त्यसैले महिलाले बढ्दो उमेरसंगै सेवन गर्नु नै पर्ने पाँच ससप्लमेन्टहरुको बारेमा जानकारी राख्नु आवश्यक छ ।

भिटामिन डी

बलियो हड्डिका लागि भिटामिन डी आवश्यक हुन्छ, किनभने यसले हाम्रो शरीरलाई क्याल्शियम अवशोषित गर्नमा सहयोग पुर्याउँछ । महिलामा आस्टियोपोरोसिस हुने बढी खतरा भएकोले पर्याप्त भिटामिन डी प्राप्त गर्नु आवश्यक छ । विशेष गरेर महिनावारी सुकेपछि भिटामनि डीको आवश्यकता अझ बढी पर्छ । सूर्यको किरणबाट भिटामीन डी प्राप्त गर्न त सकिन्छ तर धेरै महिलालाई यो पर्याप्त हुँदैन । त्यसैले सप्लिमेन्ट लिनु आवश्यक हुन्छ ।

ओमेगा–३ फ्याटी एसिड

ओमेगा–३ फ्याटी एसिड मुटुको स्वास्थ्य र दिमागका लागि अति महत्वपूर्ण हुन्छ । यसले शरीर सुनिन कम गर्नुका साथै केहि प्रकारका क्यान्सरको जोखिमलाई पनि कम गर्न सहयोग पुर्याउँछ । महिलाहरुले माछाबाट ओमेगा–३ प्राप्त गर्न सक्छन्, तर सप्लीमेन्ट लिनु पनि एउटा राम्रो विकल्प हो ।

क्याल्शियम

बलियो हड्डि र दाँतका लागि क्याल्शियम महत्वपूर्ण हुन्छ । महिलालाई पुरुषको तुलनामा अत्यधिक क्याल्शियमको आवश्यकता हुन्छ । विशेष गरेर गर्भावस्था र स्तनपाको क्रममा यसको आवश्यकता अत्यधिक हुन्छ । त्यसो त क्याल्शियम डेयरी उत्पादन र केहि तरकारीमा पनि पाइन्छ । तर केहि महिलाका लागि सप्लिमेन्ट नै लिनु आवश्यक हुन्छ ।

आइरन

आइरनले सम्पूर्ण शरीरमा अक्सीजन पुग्छ र एनोमियालाई रोक्नका लागि महत्वपूर्ण हुन्छ । महिलामा आइरनको कमीको खतरा अत्यधिक हुन्छ । विशेष गरेर गर्भावस्था र महिनावारीको क्रममा आइरनको आवश्यकता बढी हुन्छ । मासु, गेडागुडि र सागपातमा आइरन पाइन्छ तर केहि महिलालाई सप्लिमेन्ट लिनु आवश्यक हुन्छ ।

म्याग्नेशियम

म्याग्नेशियम शरीरको विभिन्न प्रक्रियामा समावेश हुन्छ, जसले मांसपेशि र प्रणालीको कार्य, ब्लड शुगरको स्तर र मेटाबलिज्मलाई विनियमित गर्ने जस्ता काम गर्छ । महिलालाई खानाबाट पर्याप्त म्याग्नेशियम प्राप्त हुन सक्दैन । त्यसैले सप्लिमेन्ट लिनु फाइदाजनक हुन्छ ।

तर माथि उल्लेखित सम्पूर्ण सप्लिमेन्टलाई कम मात्रामा र डाक्टरको सल्लाह अनुसार नै सेवन गर्नु पर्छ । किनभने कुनै सप्लिमेन्टको सेवन बढी भयो भने हानिकारक प्रमाणित हुन्छ । यद्यपि, सन्तुलित आहार तथा नियमित व्यायाम र राम्रो निद्रा नै स्वस्थ शरीरका लागि अति महत्वपूर्ण हुन्छ ।