लागुऔषध सहित दार्चुलामा एक जना पक्राउ

लागुऔषध सहित दार्चुलामा एक जना पक्राउ

दार्चुला । दार्चुलामा लागुऔषध चरेश सहित एक जना पुरूष पक्राउ परेका छन् ।

मंगलबार  दिउँसो १ बजेको समयमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुबाट पैदल हिडी दार्चुला सदरमुकामतर्फ आईरहेका बझाङको बुङ्गल नगरपालिका वडा नं। ७ कफलसेरी बस्ने वर्ष १९ का गगन बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत प्रहरी चौकी धाप दार्चुलाको चेकपोष्ट नजिक शंका लागी चेकजाँच गर्ने क्रममा बोहराले साथमा बोकेको झोलामा २ किलो ८ सय ग्राम लागु औषध जस्तो देखिने कालो पदार्थ चरेस फेला पारी उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।