खरायो सम्झेर गोली हान्दा मानिसको मृत्यु

खरायो सम्झेर गोली हान्दा मानिसको मृत्यु

काठमाडौँ । चीनमा शिकारीले जंगलमा घाँस हल्लिरहेको ठाउँमा खरायो सम्झेर गोली हान्दा एक व्यक्तिको मृत्यु भएको छ।
उक्त घटनामा वाङ मौजिन नामका व्यक्तिको मृत्यु भएको छ । यस घटनामा चार जना पक्राउ परेका छन् ।

यो घटना गत हप्ता शुक्रबार साँझको हो । जियाङ्सी प्रान्तमा चार जना शिकार खेल्न गएका थिए । चीनमा गोली हानाहान हुने घटना विरलै हुने गरेको छ ।

जङ्गलमा घाँसको आवाज सुनेपछि चारमध्ये एकले गोली चलाएको प्रहरीले जनाएको छ । पीडितहरु त्यहाँ माछा मार्न गएका थिए । पोष्टमार्टम रिपोर्टमा डुबेर मृत्यु भएको खुलेको छ ।

गोली लागेपछि पानीको खाडलमा खसेर डुबेर मृत्यु भएको बताइएको छ । चीनमा व्यक्तिले बन्दुक राख्ने सम्बन्धी नियम निकै कडा छ ।

यो घटनालाई लिएर चीनमा सामाजिक सञ्जालमा निकै बहस भएको छ । बीबीसी