मानव बेचबिखन तथा ओसारपसार कसुरमा होटल सन्चालक नुमाराज पक्राउ

मानव बेचबिखन तथा ओसारपसार कसुरमा होटल सन्चालक नुमाराज पक्राउ

दाङ । दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सन्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका भुषालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

४४ वर्षीय भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा पनि डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा भुषाललाई यही वैशाख ४ गते दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।