फेसबुकको प्राथमिकताः गोपनीयतालाई पहिलो प्राथमिकता, नयाँ फिचर ‘सेक्रेट क्रस’ आउँदै

फेसबुकको प्राथमिकताः गोपनीयतालाई पहिलो प्राथमिकता, नयाँ फिचर ‘सेक्रेट क्रस’ आउँदै

फेसबुकका प्रमुख मार्क जुकरबर्गले इन्स्ट्राग्राम तथा ह्वाट्सएपमा विभिन्न परिवर्तन गरिएको बताएका छन् । उनले नयाँ डिजाइन र फिचर्सले व्यापक रुपमा भइरहेको आलोचना र प्रयोगकर्ताको डेटाको संरक्षणको विषयपनि सम्बोधन गर्ने जनाएका छन् ।  

उनले आफ्नो कम्पनीले गोपनीयतालाई पहिलो प्राथमिकतामा राखेको समेत जनाएका छन् । विश्वास आर्जन गर्नका लागि धेरै काम गर्न बाँकी रहेको उनले जनाएका छन् । उनले डेभलपरहरुलाई सम्बोधन गर्दै आफ्नो कम्पनीको नयाँ फोकस हुने क्षेत्र गोपनीयतामा ‘मेजर सिफ्ट’ रहेको समेत जनाएका छन् । अहिले देखिने गरी भएका परिवर्तनमा फेसबुकबाट म्यासेज पठाउँदा अब फेसबुक स्वयंले त्यसलाई हेर्न नसक्ने व्यवस्था गरिएको र इन्स्ट्राग्राममा पनि परिवर्तन भएको जनाइएको छ  ।

उनले सो अवसरमा फेसबुकको गोपनियताका बारेमा कुरा उठेकोमा चिन्ता व्यक्त गर्दै त्यो कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाएका थिए ।

नयाँ फिचर ‘सेक्रेट क्रस’

त्यस्तै, उनले फेसबुकले अब सेक्रेट क्रस भन्ने नयाँ फिचर ल्याउन लागेको समेत घोषणा गरेका छन् । त्यो फेसबुक डेटिङको एक भाग हुने बताइएको छ । यो फिचर फिलिपिन्स, भियतनाम, सिंगापुर लगायतका १४ देशमा प्रयोग हुने  र युरोप तथा अमेरिकामा तत्कालै लागु नहुने जनाइएको बीबीसीले जनाएको छ ।