मणिलेक ईन्टरनेष्नल स्कुलले वैशाख २० गतेसम्म निःशुल्क भर्ना गर्ने

मणिलेक ईन्टरनेष्नल स्कुलले वैशाख २० गतेसम्म निःशुल्क भर्ना गर्ने

धनगढी । कैलालीको एक बिद्यालयले बैशाख २० गते सम्म निःशुल्क भर्ना गर्ने भएको । जिल्लाको धनगढी उपमहानगरपालिका वडा ३ स्थीत चटकपुरमा रहेको मणिलेक ईन्टरनेष्नल स्कुलले वैशाख २० गते सम्म निःशुल्क भर्ना गर्ने भएको हो । 

देशमा देखिएको आर्थिक मन्दिलाई मध्यनजर गर्दै भर्ना निःशुल्क बनाएको बिद्यालयका प्रध्यानाध्यापक खडक कुँवरले बताए । 

मणिलेकमा पूर्ण तया मन्टेश्वरी विधि र अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको बताउँदै उनले विद्यार्थीको क्षमताको आधारमा शिक्षण विधि प्रयोग गरेर पढाउने गरेको बताए । उनले स्कुलमा बिद्यार्थिलाई  पढाइमा मात्रै जोड दीने नभएर अतिरिक्त क्रियाकलापमा समेत जोड दीने गरेको बताए । 

मणिलेक ईन्टरनेष्नल स्कुलमा फराकिलो र सु सज्जित कक्षा कोठा, तालीम प्राप्त शिक्षक शिक्षिकाहरू, व्यवस्थित कम्यूटर र मन्टेश्वरी ल्याब, प्रयोगात्मक विज्ञान र रोवोटिक्स प्रयोगशाला, विशेषता रहेका छन् ।

यस्तै पर्याप्त खेल मैदान र खेल्ने कोठा, नियमित फिल्ड भ्रमण, नियमित गायन तथा नृत्य कक्षाहरू सञ्चालन हुने गरेको बताउँदै कुवरले स्कुल भित्र बिद्यार्थिले गर्ने बिबिध गतिबिधिको निगरानी सि.सि.टी.भि बाट समेत गर्ने गरीएको बताए ।