एसपीएका क्याम्पस प्रमुखले पाएबेस्ट प्रिन्सिपल अवार्ड

एसपीएका क्याम्पस प्रमुखले पाएबेस्ट प्रिन्सिपल अवार्ड

धनगढी । देशभरिकैउत्कृष्ट २० भित्र पर्दै एसपीएकलेजकाक्याम्पस प्रमुख योगराज उपाध्याय(गौतम)ले‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेका छन् । 

विगत ३० वर्षदेखि शिक्षाक्षेत्रमा आबद्ध रहीविभिन्न शैक्षिक संस्थाहरुको नेतृत्वगरिसकेका उपाध्यायले शैक्षिक क्षेत्रमापुर्याएको योगदानलाई कदर गर्दैउक्त अवार्ड प्रदानगरिएको हो । 

सादगीपन र कर्मनिष्ठ उपाध्यायले यसअघि काठमाडौंका गोल्डेनगेट, टाइम्स, आशिर्वादजस्ताकलेजहरुको नेतृत्व सम्हालिसकेका छन् । अनुजा मिडियाले काठमाडौंमाआयोजना गरेको ‘एडुकेशनएक्सिलेन्स अवार्ड’मा नेपालभरिबाट उत्कृष्ट २० जनाप्रिन्सिपलहरुलाई छनौट गर्ने क्रममाउपाध्यायले बेस्ट प्रिन्सिपल अवार्ड प्राप्तगरेका हुन् ।

‘बेस्ट प्रिन्सिपल अवार्ड’ पाउने अन्य व्यक्तिहरुमा एभरेष्ट ईंग्लिश स्कुल, भक्तपुरका भक्त राजभण्डारी, दीपबोर्डिङ हाई स्कुल, बुटवलका टिकाराम न्यौपाने, लिटिल एन्जेल्स स्कुल, हातीबनकामुकुन्दराज शर्मा, स्टार हाईएर सेकेन्डरी स्कुल, बिराटनगरका डा. उद्दब प्रसाद पोख्रेल,माउन्ट हर्मन ईंग्लिश स्कुल, ललितपुरका सरस्वतीश्रेष्ठ, नवरत्न ईंग्लिशबोर्डिङ स्कुल, भक्तपुरका सुरेन्द्र तुबन्जाश्रेष्ठ,  लोटस ईंग्लिश स्कुलकी सन्जीता मैया शाही ठकुरी राईलगायत हुनुहुन्छ ।

अनुजा मिडियाले बिगत ४ बर्ष देखि विद्यार्थीहरुको व्यक्तित्वतथा नेतृत्वविकासको लागिखेल्दै आएको नेतृत्वदायीभूमिकाको कदर स्वरुप यो अवार्ड प्रदान गर्दै आएको छ । 

अवार्ड ग्रहण गर्दै क्याम्पस प्रमुखउपाध्यायले आफूले गर्दै गरेको प्रयासलाई सह्रानागरिदिएकोमा आयोजक प्रति आभार व्यक्त गरे । उहाँले उक्त अवार्डबाट एसपीएलाई थपशशक्त रुपमा अघि बढाउँन हौसलामिलेको विश्वास व्यक्त गरे । 

जसले उपाध्यायलाई अवार्डको हकदार बनायो

एसपीएकलेजमा आवद्ध भएको झण्डै डेढवर्ष पुग्नै लाग्दाउपाध्यायले देखिने गरी थुप्रै परिवर्तनहरु गरेका छन् ।
उपाध्यायक्याम्पस प्रमुखभएर आएपछि एसपीएकलेजको भौतिकवातावरण समेत स्वच्छ, हराभरा देखिएको छ । कलेज परिसरमाप्रवेश गर्ने जो कसैलाई चिटिक्क बगैचा, थरिथरिका फुल, झरनाबाट बग्ने कलकलपानीको सुमधुर आवाज, महानव्यक्तिहरुका प्रेरक भनाईहरु, विद्यार्थीहरु बस्दै छलफल गर्न मिल्ने स्थानहरुहरुले लोभ्याउँछ ।

बिहान ५ बजे नै कलेज पुग्ने उनी राति अबेरसम्मपनिकलेजकै काममाव्यस्त रहन्छन् । आफैँ झाडु लगाउँछन्, आफै बोटविरुवा फुलहरुमापानी हाल्छन् ।विद्यार्थीहरुसँग भलाकुसारी गर्छन ।

उपाध्यायक्याम्पस प्रमुखभएर आएपछि क्याम्पसकोप्रशासनिककामपनिचुस्त बनेको छ ।एउटै कामकालागिविद्यार्थीहरु विभिन्न स्थानमाधाइरहनु बाध्यताको अन्त्य गर्दै उहाँले गेटमै एकिकृत प्रशासनिकभवननिर्माण गर्न लगाई रिसेप्सन, सुचना, आइटी, मानव संशाधन, परीक्षा, भर्ना, फाराम बुझाउँने, दिने, खेलकुदविभागलगायतको सेवा एकै छानामुनिबाट दिने व्यवस्थामिलाएका छन् । 

यस्तै विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्वविकासकालागिकलेजमाउनले देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँनेव्यवस्थामिलाएका छन् । उनको पहलमाकलेजमाअष्ट्रेलिया, फ्रान्स, दक्षिण अफ्रिका, बेल्जियम, बेलायतलगायत देशहरुबाट प्राध्यापकहरुआएरभाषा, संस्कृति, रहनसहन, व्यवहारिक तथाव्यवसायिकथुप्रै कुराहरुविद्यार्थीहरुलाई दिलाएका छन् । 

उनी आएपछि शैक्षिक क्षेत्रमापनिएसपीएले राम्रो प्रगतिहासिल गरेको छ । उनकैपालोमा अघिल्लोवर्षकलेज देशभरिबाटै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय सम्मानपाएको थियो । यस्तैअमेरिकाको न्यूयोर्क शहरमाआयोजित अन्तर्राष्ट्रिय ग्रीनकलेज अवार्ड–२०२२हातपारेको थियो । दुईहप्ता अघिमात्रै पाँचजनाएसपीकाविद्यार्थीहरु टीयू दोस्रो र तेस्रो टपर भएर निस्किएका छन् । 

उपाध्याय सरको पालामै कलेजले विद्यार्थीहरुलाई रोजगारीको सुनिश्चिततागरिदिने कार्यक्रमपनिअघि ल्याएको छ । त्यसबाट विद्यार्थीहरु पेड इन्टर्नसिपमाविभिन्न संस्थाहरुसँग आवद्ध हुँदै लाभ उठाइरहेका छन् । 

उपाध्यायकै पालामाएसपीएमाभएको अर्को महत्वपूर्ण उपलब्धिक्लबहरुकोअभ्यास हो । जसलाई आधुनिकशिक्षाको अवधारणा पनि मानिन्छ । 

उनलेविभिन्नविद्यार्थीको चौतर्फी विकास र नेतृत्वक्षमताअभिवृद्धिका लागि१५ वटाविभिन्नक्लबहरु गठन भएका छन् ।जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीनक्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकललगायत क्लब छन् ।

विद्यार्थीहरु जुन क्षेत्रमाभविष्यनिर्माण गर्न चाहान्छन्, त्यहीक्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षएण, ट्रेनिङ, सेमिनारको व्यवस्थाकलेजले गरिदिन्छ । विद्यार्थीहरु सामाजसँग जोडिन्छन् । क्लबमा आवद्ध हुन सकैलाई रोकतोक छैन । जसलाई जतिबेला मन लाग्यो आवद्ध हुनसक्छन् । यसले परिणाम पनि त देखाएको छ, कलातथाअभिनयमा रुचिहुने विद्यार्थीका लागिदुईहप्ते अभिनयकक्षा नै राखिएको थियो । उक्त प्रशिक्षण पाएपश्चातविद्यार्थीहरुले महिला हिंसासम्बन्धि नाटक प्रदर्शनीबाट ५० हजार पुरस्कार जितेको थियो ।

यस्तै एसपीएको ग्रीनक्लिनक्लबले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाकालागि अमेरिकाको न्यूयोर्क शहरमाआयोजित अन्तर्राष्ट्रिय ग्रीनकलेज अवार्ड–२०२२पाएको थियो । आर्टस क्लबले पहिलोपटक सुदूरपश्चिममाक्यानभास पेन्टिङ गर्दै सुदूरपश्चिममा रचेको थियो । काउन्सिलिङक्लबले कलेजस्तरीय वक्तृत्वकलाप्रतियोगिताआयोजना गरे । स्पोर्टस क्लबले लखनउमाअन्तर्राष्ट्रिय स्कुलक्रिकेट लिगमामोस्ट कोपरेटिभ अवार्ड जितेर आयो । महेन्द्रनगरमाभएको लिटिलबुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधिजितेको थियो ।