शिक्षकदेखि विद्यालय सञ्चालक बनेका धर्मराज

शिक्षकदेखि विद्यालय सञ्चालक बनेका धर्मराज

धनगढी । कैलालीमा हरेक वर्ष नयाँ नयाँ संस्थागत विद्यालय दर्ता तथा सञ्चालन भइरहेका छन् । नयाँ र पुराना संस्थागत विद्यालयसंग प्रतिष्पर्धा गर्दै अघि बढेको छ गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा अवस्थित ब्राईट स्टार पब्लीक स्कुल ।

२०५१ सालमा सञ्चालनमा ल्याइएको विद्यालयले अहिले बजारमा खुलिरहेका नयाँ विद्यालयहरुसंग प्रतिष्पर्धा गर्दै अघि बढेको छ । नर्सरीदेखि कक्षा दशसम्म पढाईसंगै बाह्य ज्ञान तथा अतिरिक्त क्रियाकलापहरुमा विद्यालयले जोड दिइरहेको छ ।
झण्डै पाँच वर्ष विद्यालयमा अध्यापन गरेका धर्मराज रेग्मी विद्यालयका प्रधानाध्यापक देखि सञ्चालक बनेका छन् । सोही बिद्यालयमा पाँच वर्ष शिक्षण गरिसके पछि उनलाई बिद्यालयका संचालकहरुले बिश्वास मानेर प्रधानाध्यापकको जिम्मेवारी दिएको उनी बताउँछन् ।

‘मैले २०५६ सालमा कैलाली बहुमुखी क्यापसमा पढ्दै गर्दा यसै बिद्यालयमा एक हजार आठ सयमा शिक्षण पेशा गरे । करिब पाँच बर्ष शिक्षण गर्दै गर्दा मलाई अरु पेशा तिर रुचि नै लागेन्’ बिद्यालयका प्रधानाध्यापक तथा संचालक धर्मराज रेग्मीले भने ‘अब मैले शिक्षण पेशाबाट नै केही गर्नु पर्छ भन्ने लाग्यो ।’ 

रेग्मीले भने, ‘मैले २०६३ सालमा यो बिद्यालयको सम्पूर्ण जिम्मेवारी मलाई दिइयो । सबै ठाउँमा सरकारी बिद्यालयहरु त थिएन्न । संस्थागत विद्यालय पनि कम थिए । विद्यार्थीहरु प्राय गरी सामुदायिक बिद्यालयहरुमा पढ्ने गर्थे । अहिले त प्राय गरि अभिभावकहरु संस्थागत बिद्यालयमा आफना केटाकेटी भर्ना गर्न रुचाउँछन् ।’

No description available.

उनी संस्थागत विद्यालय पसल नभई गुणस्तरिय शिक्षा प्रदान गर्ने संस्था रहेको बताउँछन् । ‘कतिपय मान्छेहरुलाई संस्थागत बिद्यालय कमाई खाने भाँडो भन्ने आरोप लगाइरहेका छन । जसको कारणले पेशामा कटिबध भएर बिद्यालय सञ्चालन गरि रहेकाहरुले आरोप सुन्नुपरेको छ । हाम्रो बिद्यालय त्यस्तो हुन कहिले पनि दिँदैन । किनकी म शिक्षा प्रेमी हुँ ।’

उनले संस्थागत विद्यालय भनेको समाज सेवाका रुपमा लिईरहेको बताए ।‘पहिलेको भन्दा अहिलेको समयमा संस्थागत बिद्यालयहरु संञ्चानमा अहिले धैरे फरक रहेको छ । पहिले चक, कपडाको डस्टर, कालोपाटीको प्रयोगबाट अध्यापन गराइने गरेको थियो । अहिले समयको विकासक्रमसंगै परिवर्तन आएको छ ।’

No description available.

रेग्मीले भने –‘भवन सजाएर केही हुँदैन । स्कुलले सजाउने भनेको बिद्यार्थीहरु हो । बिद्यार्थीहरुलाई पढाईका साथ साथै अन्य क्रियाकलापमा कसरी अग्रसर बनाउन सक्छौ, हामी त्यसरीनै काम गरिरहेका छौं । हाम्रा गहना भनेको भवन होईन बिद्यार्थीहरु तथा अभिभावक ज्यूहरु हुन ।’

२०७८ सालको एसईईमा हाम्रो बिद्यालय बाट २० जना बिद्यार्थी थिए । जसमा १ जनाले ‘ए’ प्लस, तिन जनाले ‘ए’ ग्रेड र अन्यले ‘बि’ प्लस ग्रेड ल्याएको प्रअ रेग्मीले बताए । २०७९ सालको एसईईमा सो विद्यालयबाट ११ जना सहभागि भएका छन् ।