आईपीएल:राजस्थानविरुद्ध लखनउको रोमाञ्चक जित

आईपीएल:राजस्थानविरुद्ध लखनउको रोमाञ्चक जित

काठमाडौं। इन्डियन प्रमियर लगि (आईपीएल) क्रिकेटमा लखनउ सुपर यायन्ट्सले चौथो जित निकालेको छ। बुधबार राति जयपुरमा भएको रोमाञ्चक खेलमा लखनउले राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकाल्यो। 

पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो। १५५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। 

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४४ रन बनाए। जोस बट्लरले ४० तथा देवदत्त पाडिक्कलले २६ र रियान परागले १५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

राजस्थानविरुद्ध लखनउका अभेस खानले ३ तथा मार्कस स्टोनिसले २ विकेट लिए। 

लखनउले १५४ रन बनाउने क्रममा कायल मेयर्सले सर्वाधिक ५१ रन बनाए। अर्धशतकीय पारी खेल्ने क्रममा उनले ३ छक्का र ४ चौका प्रहार गरे। कप्तान केएल राहुलले ३९ रन बनाए भने निकोलस पूरनले २९ र मार्कस स्टोनिसले २१ रन बनाए। 

लखनउविरुद्ध राजस्थानका रभिचन्द्रन आश्विनले  २ तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र जासोन होल्डरले समान १–१ विकेट लिए। 

बुधबारको खेलमा लखनउसँग हार बेहोरे पनि ६ खेलमा ४ जित निकालेर ८ अंक जोडेको राजस्थान रन रेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा छ। ६ खेलमा ४ जित निकालेर ८ अंक बटुलेको लखनउ दोस्रो स्थानमा छ।