धनगढीको चैतन्य पाठशालाद्धारा अभिभावक आमाहरुलाई सम्मान

धनगढीको चैतन्य पाठशालाद्धारा अभिभावक आमाहरुलाई सम्मान

धनगढी । धनगढीको चैतन्य पाठशाला बिद्यालयले मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको अवसरमा अभिभावकहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्पूर्ण आमा अभिभाबकहरुलाई सम्मान गरेको प्रधानाध्यापक हरी प्रसाद जोशीले बताए ।

वर्तमान समयमा आमाको ममताले नै आदर्श समाजको  निर्माण गर्न सकिने र त्यसको लागि आमाहरु शिक्षित नभए पनि असल मार्ग निर्देशनको भुमिकाले देश र सम्पूर्ण विश्वको कल्याणमा अहम भूमिका निर्वाह गर्ने प्रमुख अतिथि तथा बिद्यालयकी जेष्ठमा अभिभावक बिष्णु देवी थापाले बताईन । 

कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी,सञ्चालक समिति सदस्य एबम् संस्थापक प्रिन्सिपल उदय प्रताप थापा सम्पूर्ण आमाहरुलाई मायाको चिनो सहित सम्मान  गरेको थियो ।

विद्यालयका अध्यक्ष एबम् चैतन्यका प्रमूख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमा बारे चर्चा गर्दै धनगढीमा पहिलो पटक मातातीर्थको पवित्र दिनमा सृष्टि कर्ता ,ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्ति लाई नमन् गर्दै यो कार्य क्रम आयोजना गरिएको बताए ।