कैलालीको घोडाघोडीका नगर प्रमुखले गरे आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना

कैलालीको घोडाघोडीका नगर प्रमुखले गरे आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना

धनगढी। देशभर विद्यार्थी भर्ना अभियान चलिरहेका बेला जिल्लाको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले आफ्नो छोरालाई सरकारी विद्यालयमा भर्ना गरेका छन् ।सोही पालिकाको वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्य लक्ष्मी माध्यामिक विद्यालयमा उनले छोरालाई भर्ना गराएका हुन् । 

नगर प्रमुख रावतले छोराको जन्म दिनको अवसर पारेर उनले बाल विकासमा भर्ना गराएका हुन । छोराको भर्नासँगै विद्यालयका तर्फबाट नयाँ पाठ्यपुस्तक हस्तान्तरण गरीएको थियो । 

सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षक, सरकारी कर्मचारीहरू र जनप्रतिनिधिहरूले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु पर्ने विषयले चर्चा पाइरहेका बेला नगर प्रमुख रावतले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन् ।

सामुदायिक विद्यालयमा नेता, सरकारी कर्मचारी तथा शिक्षकहरूले आफ्ना छोराछोरी भर्ना नगरेसम्म गुणस्तर वृद्धि नहुने उनले बताए । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरू अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न हुन उनले अनुरोध समेत गरेका छन् ।