बेलौरीमा घाँस काटिरहेकी महिलालाई बाघले आक्रमण गरी लग्यो

बेलौरीमा घाँस काटिरहेकी महिलालाई बाघले आक्रमण गरी लग्यो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिला माथि आक्रमण गरेको छ । स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए । नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।

उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो । चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो ।