फाईनलमा एभरेष्ट र न्यू ग्वासी सहारा भिड्ने

फाईनलमा एभरेष्ट र न्यू ग्वासी सहारा भिड्ने

धनगढी । कैलालीको अत्तरियामा जारी स्वस्तिक हस्पिटल पिएफए भेट्रान कपको फाईनलमा एभरेष्ट र न्यू ग्वासी सहारा भिड्ने भएका छन । शनिबार हुने फाईनलमा अत्तरियाको एभरेष्ट अनविटन वारियर्स र ओलानीको न्यू ग्वासी सहारा क्यापिटल्स भिड्ने भएका हुन ।

कपका लागी धनगढी, गेटा, गुलरिया लगायत विभिन्न स्थानबाट टिमहरु सहभागी भएका थिए । ति टिमहरुलाई दुई ग्रुपमा विभाजन गरिएको थियो । ग्रुप ए मा फाईनलका दुवै टिम सहित पिएफए किङ्गस र गुलरिया बुल्स रहेका थिए भने ग्रुप बि मा सुप नाईट राईडर्स, गेटा ब्लाष्टर्स र कैनोडा टाईगर्स रहेका थिए ।

प्रतियोगीताको फाईनल खेल शनिबार दिउँसो २ बजे देखी सुरु हुने आयोजक प्ले फर अत्तरिया ९पिएफए० स्पोर्ट क्लवका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए ।

प्रतियोगीताको विजयी टिमले नगद ५० हजार तथा द्धितिय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उनले बताए । त्यसका साथै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद रु। १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरलाई नगद ५र५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।