नगर प्रमुख हमाल जनप्रतिनिधि होइनन्ः निवर्तमान नगर प्रमुख वड

नगर प्रमुख हमाल जनप्रतिनिधि होइनन्ः निवर्तमान नगर प्रमुख वड

धनगढी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले नगर प्रमुख गोपाल हमालले जनप्रतिनिधिको भुमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेसको वडा सम्मेलनको समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले धनगढीका नगर प्रमुख हमाल निर्वाचित भएर आएपछि जनतासंग नजिक हुनुभन्दा पनि टाढा भागिरहेको बताएका हुन् । 

‘समन्वय र सहकार्य गरेर जनप्रतिनिधि अघि बढ्नुपर्छ । जनतालाई नभेट्ने, व्यवसायी तथा दुःखमा परेका व्यक्तिलाई नभेट्ने मान्छे जनप्रतिनिधि कसरी हुन्छ’ उनले भने –‘निर्वाचित भएर आएपछि अहिलेसम्म वडाहरुमा पुगेका छैनन् । म जनप्रतिनिधि हुँदा हरेक महिनामा एक पटक पुग्थे । हरेक घरमा पुग्न नसकेको होला तर, वडाका समस्या बुझ्न आईरहन्थे ।’

उनले आफु सधै नगरबासीको साथमा रहेको बताए । ‘हिजो तपाईहरुले गाली गर्दा पनि संगै थिए, तपाईहरु रिसाउँदा पनि संगै थिए, तपाईहरुले भनेका कुरा नसके पनि सकेन अझ कोसिस गरुला भन्दै थिए’ उनले भने –‘अहिले म जनप्रतिनिधि नभए पनि हरेक टोल वडाबासीका समस्या समाधान गर्न तर्फ ध्यान दिइरहेको बताए ।

उनले रवि लामिछानेले जनतालाई भ्रम पार्ने काम मात्र गरेको बताए । उनले लामिछानेले कमिसन खानबाहेक अन्य केही काम गर्न नसक्ने बताए । उनले प्रश्न गरे –‘म नगर प्रमुख हुँदा पनि अहिले म संग मोटरसाईकल चड्न समेत पैसा छैन् । तर, पत्रकारिताबाट आएका रवि लामिछानेले ९० लाखको गाडि र चितवनमा घर किन्ने पैसा कहाँबाट आयो ।’