युवा ब्यवसायी खड्काले दृष्टी फाउण्डेशनमा मनाए ३० औ जन्म दिन

युवा ब्यवसायी खड्काले दृष्टी फाउण्डेशनमा मनाए ३० औ जन्म दिन

धनगढी । धनगढीका युवा ब्यवसायी तथा समाज सेवी दिप्सन खड्काले आफ्नो ३० औ जन्म दिन धनगढीमा रहेको दृष्टी फाउण्डेशनमा बनाएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर १३ मा रहेको दृष्टी फाउण्डेशनमा खड्काले फाउण्डेसन लाई आवश्यक पर्ने खाध्यन लगायताका केहि आवश्यक वस्तु सहयोग गरेका हुन् ।

मानसिक अवस्था बिग्रेका तथा सडक पेटीमा बस्दै आएका ४० जना बेसाहारा तथा १२ जना बालबालिकाहरुलाई आश्रय दिदै आएको फाउण्डेशनमा यस अघि पनि विभिन्न कार्यक्रममा खड्काले सहयोग गदै आएका छन् ।

सहयोग ग्रहण पछि दृष्टि फाउन्डेसन सञ्चालक कल्पना भट्टले खड्काले विगतमा पनि धेरै सहयोग गरेको स्मरण गरिन् । सरकारबाट आर्थिक सहयोग नपाइरहेको बेला विभिन्न संघसस्था र मनोकारी ब्यक्ति हरुबाट सहयोग पाउँदा खुसी लागेको उनले बताइन् । आर्थिक अभावका कारण फाउन्डेसन चलाउन साह्रै गाह्रो भएकाले सहयोग गर्न उनले सबैमा आग्रह गरिन् ।