कञ्चनपुरमा गोली चल्यो

कञ्चनपुरमा गोली चल्यो

कञ्चनपुर । कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि प्रहरीले गोली चलाएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेपछि प्रहरीले गोली चलाएको हो ।

शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित नजिकैको प्रहरीले देखेपछि बाघबाट छुटाउन प्रयास भएपनि नसकिएको प्रहरीको भनाइ छ । सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेको थियो ।

बाघले महिलालाई जंगलमा लिएर गएको र अहिलेसम्म फेला नगरेको प्रहरीले जनाएको छ । ड्रोन क्यामेराबाट हेर्दा भने झाडीमा महिला देखिएपनि बाघ पनि सोही ठाउँमा बसेको प्रहरीले जनाएको छ ।

बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीयबासिन्दा आक्रोशित छन् । पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ । तर त्यसका लागि माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र जिल्ला सव वन डिभिजन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय आक्रोसित हुँदै प्रहरीमाथि नै ढुंगा प्रहार गरेका छन ।

ढुंगा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायत घाइते भएका छन । आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको छ ।