एसिसी प्रिमियर कपमा हङकङद्धारा युएई पराजित

एसिसी प्रिमियर कपमा हङकङद्धारा युएई पराजित

काठमाडौँ । काठमाडौंमा जारी एसिसी प्रिमयर कपमा युएई हङकङसँग पराजित भएको छ। शुक्रबार मुलपानि मैदानमा भएको खेलमा डिएलएस म्याथोडका आधारमा हङकङ ६७ रनले विजयी भयो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो। हङकङका लागि अन्सुमान रथले १०६ रनको शतकीय इनिङ खेलेका थिए।

त्यस्तै कप्तान निजाकत खानले २२ रन बनाउँदा किन्चित साले ३५ रन बनाए। थप दोहोरो स्कोरका रुपमा एजाज खानले २७ रन बनाउँदा एहसान खानले २३ रन बनाए। त्यस्तै आयुष शुक्लालले १० रन बनाएका थिए। युएईका लागि आयन अफजाल खानले ५ विकेट लिंदा सन्चित शर्माले २ तथा जुनाइद सिद्दीकीले १ विकेट लिए।

२ सय ६४ रनको लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गुमाएर ११७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो। युएइका लागि अर्यान लक्रा ५२ रनमा अविजित रहँदा रमेज सहजादले ३४ रन बनाएका थिए। त्यसपछि खेल नहुँदा युएईका लागि डिएल म्याथोडमा १८५ रनको लक्ष्य बन्यो जबकि युएईको ११७ रन मात्र थियो। जारी प्रतियोगितामा हङकङको यो लगातार दोस्रो जित हो।