धनगढीमा गर्मी बढे सगैँ  फन पार्कमा घुम्न आउनेहरुको भिड

धनगढीमा गर्मी बढे सगैँ  फन पार्कमा घुम्न आउनेहरुको भिड

धनगढी । धनगढी उपमहानगरपालिका २ भन्सारमा रहेको फन सिटी व्याटर पार्क गर्मि बढे सगैँ आम मानिसहरुको रोजाईमा पदै गएको छ ।

विगत ६ वर्ष पहिले सञ्चालनमा आएको धनगढी फन पार्क २ वर्ष रामै चलेको थियो तर कोरोना माहामारिका कारण बिचमा केहि समय फन पार्क बन्द रहेको उक्त फन पार्क यहि बैशाख १ गते बाट पुन सञ्चालनमा आएको छ ।

नेपाल भरिको सबै भन्दा सस्तो दर टिकेट रहेको उक्त पार्कमा गर्मियाममा नुहाउनको लागी चिसो पानिको २ वटा सुईमिङ पुल तथा टियु र म्याट सञ्चालनमा राखिएका छन भने थप अहिले ओप पनि सञ्चालनमा राखिएको छ , ओप चलाउदा समुद्री छाल जस्तो आउने हुदाँ आउने दर्शकहरुको लागी नौलो दृश्य रहेको सञ्चालक समितिका अध्यक्ष उप्रन्द्र विस्टले बताए ।

साथै विष्टका अनुसार पार्क भित्र घुम्न आउने पर्यटकका लागी भित्रै खाना नास्ताको लागी रेस्टुडेन्टको समेत व्यवस्था गरिएको तथा स साना बालबालिका हरुको लागी सुईमिङको लागी विशेष छुटको व्यवस्था समेत गरिएको बताए ।

१२ महिना नै खुल्ला राख्ने गरि सञ्चालनमा ल्याईएको भए पनि कोरोनाका कारण आर्थिक अवस्थामा समस्यामा आएको कारण अहिले गर्मीयाममा मात्रै खुल्ला गरिएको छ ।