पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आउँदै

पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आउँदै

धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएका छन्। पूर्वराजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्।

उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ। पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको बताए। पूर्वराजासँगै पूर्वरानी पनि भ्रमणमा सहभागी हुनेछिन्।