कैलालीमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाईते

कैलालीमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाईते

धनगढी । कैलालीमा  स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं. ११ बेलाका ७० वर्षिय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

स्कारपियोमा सवार अन्य ५ जना घाईते भएका छन । घाईतेमध्ये दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. २ का ४२ वर्षिय चालक तेज बहादुर पाल, धनगढी उपमहानगरपालिका वडा नं. ६ मटयारीका ४२ वर्षिय भरत बहादुर चन्द, सोही ठाउँका ४८ वर्षिय बसन्त बहादुर चन्द, ३६ वर्षिया निलम चन्द र ३६ वर्षकै अनु खाण चन्द रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ । हरिद्धारबाट आएको उक्त स्कारपियो आफै अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।