बैतडीको मेलौलीमा रक्तदान कार्यक्रम सम्पन्न

बैतडीको मेलौलीमा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी । बैतडीको मेलौलीमा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बैतडी समाज कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

बैतडी समाज कैलाली र मेलौली नगरपालिकाको सहकार्यमा संचालन भै रहेको ३ दिने बृहत् स्वास्थ्य शिविरको  आज दोश्रो दिन समाजले १० औं रक्तदान महोत्सवको आयोजना गरेको थियो । 

यो सङ्गै ९०५ जनाले रक्तदान गरिसकेको कुरा रक्तदान कार्यक्रम संयोजक राजबहादुर चन्दले बताए । पहाडी जिल्लाको दुर्गममा यसरी रक्तदान रक्तदानका कार्यक्रमहरु भएमा आम जनमानसमा रक्तदान प्रतिको जनचेतनामा वृद्धि हुनुका साथै रक्त अभावमा कसैले ज्यान गुमाउन न पर्ने   चन्दले बताए । 

उक्त कार्यक्रममा रक्तदान गर्नु हुने रक्तदाताहरुलाई चन्दले धन्यवाद ज्ञापन गरे ।  रक्त संचार  प्रादेशिक कार्यालय धनगढी र जिल्लाका मेलौलीका स्थानीय, जनप्रतिनिधि , मिडियाकर्मी र सुरक्षाकर्मीहरुको सहभागिता र सहयोगमा उक्त रक्तदानको कार्यक्रम गर्न सम्भव भएका चन्दले बताए ।