कैलाली बारको अध्यक्षमा लेखक

कैलाली बारको अध्यक्षमा लेखक

धनगढी । कैलाली जिल्ला बार एशोसियसनको अध्यक्षमा ईन्द्र प्रशाद लेखक निर्वाचत भएका छन् । 
शुक्रवार बाट शुरु भएको ३२ औं साधारण सभाले शनिवार लेखकको अध्यक्षतामा वार सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

एशोसियसनको उपाध्यक्षमा देवराज भट्ट, सचिबमा रमेशलाल क्षेत्री विष्ट र कोषाध्यक्षमा किशोर कुमार चौधरी निर्वाचित भएका छन् । 

यस्तै सदस्यहरुमा शुभाषचन्द्र उपाध्याय, नैन बहादुर बडायक, मिन बहादुर बोगटी, शिवचरण चौधरी, लोक बहादुर चौधरी, कृष्ण प्रशाद सुवेदी, कर्ण सिंह महरा र तारा नाथ चौधरी निर्वाचित भएका छन् ।