सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ११ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिमका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५७ नमूनाको कोरोना जाँच गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टीजेन बिधिबाट गरिएको कोरोना परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार थपिएका सबै संक्रमित सीमा नाकाबाट भित्रिएका रहेका छन ।

स्वास्थ्य निर्देशनालका अनुसार गौरीफन्टा नाकाबाट भित्रिएका ९, गड्डाचौकी र झुलाघाट नाकाबाट भित्रिएका १-१ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार प्रदेशमा ९ जना कोरोना संक्रमित थपिएका थिए । यो संग प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । जसमध्ये कैलालीका ७२, कञ्चनपुरका ३९, बाजुराका २०, बैतडीका ७ र दार्चुलाका ३ जना रहेका छन ।