ईदको बिदाबारे गृह मन्त्रालयले गरायो जानकारी

ईदको बिदाबारे गृह मन्त्रालयले गरायो जानकारी

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद ९ईद उल फित्र० का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा गृह मन्त्रालयले यसबारे विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।  

मुस्लिम आयोगले वैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने तथा ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम सार्वजनिक विदाको घोषणाका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ । 

सोहीअनुसार वैशाख ८ गते साँझ चन्द्रमा देखिएकोले आज वैशाख ९ गते शनिबार सार्वजनिक बिदाकै दिन ईद परेको भन्दै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मालम्वीहरुमा शुभकामना व्यक्त गरेको छ ।