ए डिभिजन लिगः फ्रेन्ड्सविरुद्ध मछिन्द्र विजयी

ए डिभिजन लिगः फ्रेन्ड्सविरुद्ध मछिन्द्र विजयी

काठमाण्डौँ । डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हराएको हो । 

च्यासल फुटबल मैदानमा भएको खेलमा मछिन्द्रका लागि चेन्चो ग्याल्जेन र देवेन्द्र तामाङले गोल गरे । फ्रेन्ड्सका लागि राफिक अमिनुले गोल फर्काए । पहिलो हाफमा १–० गोलको बराबरी बनाएको मछिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्दा फ्रेन्ड्सले एक गोल गर्न सफल भयो ।

खेलको ४४औँ मिनेटमा चेन्चोले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए । खेलको ६३औँ मिनेटमा देवेन्द्रले गोल गरेपछि मछिन्द्रले २–० को अग्रता बनाएको थियो । तर खेलको ७६औँ मिनेटमा राफिकले गोल गर्दै फ्रेन्ड्स क्लबलाई २–१ को स्थितिम पुर्‍याए । तर बाँकी समयमा फ्रेन्ड्सले गोल गर्न नसक्दा मछिन्द्रसँग हारेको हो ।