समाजमा अराजकता बढ्योः प्रचण्ड

समाजमा अराजकता बढ्योः प्रचण्ड

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी रहेको बताएका छन् । 

शनिवार आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको स्वीकार गरे । दाहालले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि रु भन्ने डर पलाएको बताए । 

उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे ।