गैसस महासंघ बैतडीको अध्यक्षमा अवस्थी सर्वसम्मत चयन

गैसस महासंघ बैतडीको अध्यक्षमा अवस्थी सर्वसम्मत चयन

बैतडी । गैर सरकारी संस्था महासंघ बैतडीको अध्यक्षमा पदमराज अवस्थी सर्वसम्मत चयन भएका छन् । शनिबार गोठलापानीमा सम्पन्न भएको गैसस महासंघ बैतडीको ९ औं जिल्ला अधिवेशन तथा २२ औं साधारण सभाले अवस्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

अध्यक्षमा चयन भएका अवस्थी लामो समयदेखि गैरसरकारी क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । अनिरुद्र ग्रामीण सुधार केन्द्रको कार्यकारी निर्देशक समेत रहेका अवस्थीलाई अध्यक्षमा चयन गरिएको गैसस महासंघ बैतडीले जनाएको छ । 

यस्तै महासंघको उपाध्यक्षमा हरिशप्रकाश लुहार, सचिवमा राधिका भट्ट, कोषाध्यक्षमा शेरसिंह कार्की र सहसचिवमा दीपक ऐर चयन भएका छन् । 

यस्तै सदस्यहरुमा अम्बादत्त अवस्थी, बिष्ना चन्द, मीना चन्द, धनपति ऐर र दिया भट्ट चयन भएका छन् । निवर्तमान अध्यक्ष गोविन्दराज जोशी पदेन सदस्य चयन भएका छन् । दुईजना सदस्यलाई पछि कार्यसमितिले चयन गर्ने अवस्थीले बताए ।