तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुँदै, तीनै क्षेत्रमा मतदान सुरु

तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुँदै, तीनै क्षेत्रमा मतदान सुरु

काठमाडौं । आज देशका तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन गइरहेको छ। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ। 

उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान आज बिहान ७ बजेदेखि बेर्लुका ५ बजेसम्म हुनेछ। निर्वाचन आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आह्वान गरेको छ।

पाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन-२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो।