रवि लामिछानेले आफैँलाई हाल्न पाएनन् भोट

रवि लामिछानेले आफैँलाई हाल्न पाएनन् भोट

काठमाडौं ।  चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । 

उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। 

यस्तै मतदाता नामावली सूचीमा नाम नरहेका कारण एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले  पनि मताधिकार प्रयोग गर्न पाएनन्। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।