बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते

बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते

टवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।