देशमा काँग्रेस बिनाको विकल्प छैन : सभापति बलायर

देशमा काँग्रेस बिनाको विकल्प छैन : सभापति बलायर

धनगढी । नेपाली काँग्रेसका सुदूरपश्चिम सभापती एवं संघिय साँसद वीर वहादुर बलायरले देशमा काँग्रेस विनाको विकल्प नरहेको बताएका छन । 

आर्इतवार नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नं १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन । देशको मुलप्रवाहबाट काँग्रेस साइड लागेमा देशको प्रस्तिथि ठिक नहुने कुरा अवगत गराउदै वलायरले भने  काँग्रेस बचाउन टोल, वडा देखि नै सवैले लाग्नु पर्दछ ।

हजुरहरुले मलाई दिएको मत मेरो तागत भएको कुरा बताउदै बलायरले भने, विकास निर्माणका लागि आफु सधै लागिरहनेछु ।

सुदूरपश्चिमका बारेमा राज्यलाई अहेसास गराउन सकेमात्र राजनिति गराइको अर्थ रहने बताउदै उनले भने आफुले गरेको कामको तपाइहरुले निरन्तर मुल्यांकन गर्नु हुनेछ ।सम्मेलनमा नेता कार्यकर्ताले विकास निर्माण र पार्टीको संगठनका वारेमा चिन्ता अपेक्षा गरेका थिए ।