जब बिहानै मन्त्री श्रेष्ठ मुक्तकमैया बस्तिमा पुगिन्...

जब बिहानै मन्त्री श्रेष्ठ मुक्तकमैया बस्तिमा पुगिन्...

बर्दिया । आईतबार बिहानै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी ठाकुरबाबा नगरपालिका—५ घुम्नाफाँट स्थित मुक्तकमैया बस्तिमा पुगिन् । मन्त्री श्रेष्ठ यहाँ भने कुनै कार्यक्रममा सहभागि हुन भने गएकी थिईनन् । 

कार्यक्रम वाहेक यहाँका स्थानीयले वाहालवाला मन्त्रीलाई यसरी पहिले कहिल्यै देखेका थिएनन्। तर, आईतबार एकाबिहानै आफ्नो बस्तिमा मन्त्रीलाई देखेपछि स्थानीयहको भिड नै लाग्यो ।

मन्त्रीलाई स्वागत गर्दै स्थानीय रामेश्वर चौधरीले भने, ‘हामीले यसरी पहिला  मन्त्रीलाई देख्न पाएकै थिएनौँ । देखेपनि कार्यक्रमहरुमा टाढैबाट हेर्न पाइन्थ्यो, तपाईँ कार्यक्रम नै नराखि यसरी पाहुँना जसरी आउनु भयो । अब हाम्रो गाउँमा समस्या सुनेर जानुहोला, अनि समाधान गर्न बजेट पनि हाल्दिनु होला !’

मन्त्रीले यहाँका समस्याहरु बारे स्थानीयहरु सँग जिज्ञासा राखेपछि स्थानीय राम थारुले सुनाए, ‘ हाम्रो गाउँमा बिजुलीको पोल मात्रै छ, बत्ति छैन् । खानेपानी पनि समस्या छ, बच्चाहरु पढ्ने स्कूल पनि राम्रो छैन् । घर बनाएर बसेका छौँ तर लालपुर्जा पनि छैन् । समस्या सुनेर मात्रै हुँदैन्, काम गर्दिनुपर्छ ।’ 

स्थानीयहरुसँग समस्या बुझेपछि मन्त्री श्रेष्ठले भनिन्, ‘म अहिले भूमि मन्त्री नै छु, त्यसो भएकाले तपाईँहरुलाई  लालपुर्जा दिनका लागि म तत्काल काम गर्छु । सँगसँगै तपाईँहरुका अन्य समस्याहरु समाधानका लागि म आजैदेखि सम्बन्धित मन्त्रालय र कार्यालयसँग समन्वय   गर्छु ।’ 

मन्त्री श्रेष्ठको कुरा सुनेपछि स्थानीयहरु आस्वस्थ भए । श्रेष्ठले मुक्तकमैयाकै भान्सामा खाना खाईन् र फर्किईन् । मन्त्रीको सरल व्यवहार देखेर यहाँका स्थानीयहरु पनि दंग परे ।  

समयसमयमा अधिकांस मन्त्रीहरु सुरक्षाकर्मीको घेराभित्र बसेर कार्यक्रमहरुमा आउजाउ गर्ने गरेको भन्दै गुनासो आईरहन्छ । आम जनताले चाहेर पनि मन्त्रीहरुको नजिकसम्म जान पाउँदैनन् । तर, मन्त्री श्रेष्ठ भने कार्यक्रम नभएता पनि आम जनताका घरमा गएर सामुहिक समस्या सुन्दै समाधानका लागि आवश्यक कदम चाल्दै आईरहेकी छिन् ।