एमालेले उस्काउँदा अनसन बस्न बाध्य भए : स्वामी

एमालेले उस्काउँदा अनसन बस्न बाध्य भए : स्वामी

दार्चुला । जिल्लाको गोकुलेश्वर बजारमा रहेको जगतपुरी शिवधामका स्वामीलाई एमालेका केहि नेता तथा कार्यकर्ताहरुले उस्काउँदा अनसन बस्न बाध्य भएको आरोप लगाएका छन्।

सुदुरपश्चिम प्रदेस सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको दार्चुला भ्रमणलाई बिथोल्ने भन्दै ति नेता कार्यकर्ताहरूले स्वामीलाई उस्काउँदा अनसन बस्न बाध्य गरेको स्वामिले स्वीकारेका छन् ।

शनिवार मुख्यमन्त्रीको भ्रमणका समाचार भन्दा बढी चर्चा पाएको अनसनको आज वास्तविकता बाहिरिएको छ ।

शिवधाम क्षेत्रको विकास निर्माण र केहि विवादास्पद कुरामा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा बल प्रयोग गरेर प्रहरीले नियन्त्रणमा लिएको खबर सत्य नरहेको स्वामीले बताएका छन ।

आईतवार जिल्लाको भ्रमण सक्काएर प्रदेश राजधानी धनगढी फर्किएका मुख्यमन्त्री शाहले गोकुलेश्वरमा पुनः स्वामी सँग भेटघाट र चियापानको कार्यक्रम गरेका छन । स्वामीले आफुलाई अनसनमा बस्न वाध्य गराएको र अरु कुनै कारण नरहेको बताएका छन । स्वामीले मुख्यमन्त्री शाहलाई आर्शिवाद समेत दिएका छन् ।