दुई दिने प्रदेशस्तरिय भेला गर्दै रापप्रा

दुई दिने प्रदेशस्तरिय भेला गर्दै रापप्रा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशले दुई दिने अगुवा भेला तथा सम्मेलन गर्ने भएको छ ।
पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन तथा विशिष्ठ व्यक्तिहरुको सहभागितामा भोलीदेखि सम्मेलन गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।

पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले भेला सोमबार विहान ११ बजे सौराइ पार्टी प्यालेसमा गर्ने र १२ गते कैलाली उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रमको कार्यतालिका तय भएको बताए ।

भेलामा पार्टी अध्यक्ष लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र लगायतको शिर्ष नेताको सहभागिता रहने उनले जानकारी दिए । भेलामा पार्टीका आधारभुत सिद्धान्त, नीति, समसामयिक राजनीतिक अवस्था, भावी रणनीति लगायतका बारेमा बहस, छलफल गर्न भेला आयोजना गरिन लागेको उनले बताए ।

उनका अनुसार भेलामा प्रदेशभरीका छ सय बढी व्यक्तिहरुको सहभागिता रहने छ ।