यु–१६ राष्ट्रिय क्रिकेटः सुदुरपश्चिमको विजयी सुरुवात

यु–१६ राष्ट्रिय क्रिकेटः सुदुरपश्चिमको विजयी सुरुवात

धनगढी । धनगढीमा आइतबारदेखि एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ९७ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्टको कप्तानी पारीको मदत्तले सुदुुरपश्चिमले पहिलो खेलमा सानदार जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रनमा अविजित रहे । सुदुरपश्चिमका लागि रितीक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२र१२ रन तथा युवराज खत्रीले ११ रन बनाए । कर्णाली प्रेशका लागि दिप पौडेल र आदित्य विक्रम शाहले तीन तीन विकेट लिए ।

एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्र्रिएको कर्णाली प्रदेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो । यसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । सुदुरपश्चिम प्रदेशका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन तीन विकेट लिए । विक्रम साउँदले एक विकेट लिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए ।