चितवन २ मा ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

चितवन २ मा ८ बजे सर्वदलीय बैठकपछि मतगणना सुरु हुने

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतवार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमवार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । 

आइतवार राति मतपेटिका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । सोमवार बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

उनीद्वारा जारी सूचनामा सोमवार बिहान ८ बजे उम्मेदवार वा उम्मेदवारका २ प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरूले भने आइतवार राति प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया शुरू हुने जनाइएको छ ।