गुगलले दैनिक रद्द गर्छ १५ अर्ब इमेल

गुगलले दैनिक रद्द गर्छ १५ अर्ब इमेल

धनगढी । विश्वमा करोडौं मानिसले दैनिक रुपमा प्रयोग गर्ने जिमेल जति सहज तथा लोकप्रिय छ उति नै साइबर हमला अर्थात् ह्याकिंगको जोखिममा पनि छ ।

जिमेल प्रयोगकर्ताको इनबक्समा अनेक खालका अपरिचित इमेलहरु आउनु सामान्य कुरा हो ।

कहिलेकाहीँ कामलाग्ने इमेलको बीचमा यस्ता इमेलहरु पनि हुन्छन् जसमा साइबर आक्रमण तथा ह्याकिंगका लागि फिसिंग तथा मालवेयर राखिएको हुन्छ । प्रयोगकर्ताहरुका लागि यस्ता इमेलको पहिचान गर्ने काम निकै कठिन हुन्छ ।

गुगलले दैनिक रद्द गर्छ १५ अर्ब इमेल

यो तथ्यांक निकै अनौठो लाग्न सक्दछ । गुगलले आफ्नो सपोर्ट पेजमा बताउ अनुसार हरेक दिन उसले १५ अर्बभन्दा धेरै अनावश्यक इमेलहरुबाट आफ्ना प्रयोगकर्तालाई बचाउँदछ ।

जिमेलले ९९ प्रतिशत भन्दा धेरै स्पाम मेलहरुलाई आफैले अस्वीकृत गर्दछ । यद्यपि यसको बाबजुत पनि साइबर ह्याकिंगको खतरा पूर्णरुपमा रोक्न सकिँदैन ।

यस्ता हानिकारक स्पाम इमेलहरुबाट बँच्नका लागि जिमेल प्रयोगकर्ताहरुले केही कुरामा ध्यान दिनुपर्दछ । गुगलले फिसिंग तथा मालवेयरयुक्त इमेलबाट बँच्नका लागि ध्यान दिनुपर्ने कुरा यस्ता छन् 

आफ्नो युजरनेम तथा अकाउन्टको पासवर्ड शेयर नगर्ने

आफ्नो सामाजिक सुरक्षा नम्बर वा नागरिकतारपरिचयपत्र नम्बर जस्ता जानकारीहरू पनि शेयर गर्नु हुँदैन
जिमेलमा आएको कुनै पनि इमेलको जवाफमा आफ्नो बैंक अकाउनट नम्बर, पिन, क्रेडिट कार्डको विवरण, जन्ममिति जस्ता कुराहरु शेयर गर्नु हुँदैन, कुनै पनि अपरिचित इमेलसँग आएका अट्याचमेन्ट कहिल्यै पनि डाउनलोड गर्नु हुँदैन ।