यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारवाही

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारवाही

धनगढी । सुदूरपश्चिमाञ्चल माध्यामिक विधालयले विधार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकको संरक्षण गर्न नलागेको बताएको छ ।

कलेजले विज्ञप्ति जारी गर्दै अभियुक्तलाई बचावट गर्न खोजिएको भन्ने गरि आएको समाचार पूर्ण रुपमा निराधार असत्य र यथार्थता विपरित रहेको जनाएको हो ।

यस विद्यालयका सन्दर्भमा विभिन्न अनलाइन पत्रपत्रिकामा समाचार आएअनुसार विद्यार्थीको सुरक्षा र सरोकारको विषयमा विद्यालय प्रशासन र कुनैपनि पदाधिकारीले वेवास्था गरेको वा अभियुक्तलाई बचावट गर्न खोजेको भन्ने खबर कदापी नभएको विज्ञप्तीमा उल्लेख छ ।

एकेडेमीले तत्काल पीडीतको पक्षबाट निवेदन लेख्न लगाई आवश्यक प्रक्रिया पुरा गरि निजलाई कलेजले कारवाहीको प्रक्रिया स्वरुप पदमुक्त गरिसकिएको र कलेज प्रशासनले नै प्रहरीलाई बुझाई कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी गराएको छ ।

No description available.