यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई कारवाही

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई कारवाही

धनगढी । सामाजिक सञ्जालमा विद्यार्थीसँग अनैतिक कुराकानी गरेको आरोप लागेका शिक्षक चेतराज भट्टलाई एसपीए कलेजले निष्काशित गरेको छ ।

विद्यार्थीबाट उजुरी आएलगत्तै कलेजले सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकलाई निष्काशित गरि आवश्यक छानविन र कानुनी कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।  

विद्यार्थीको सर्वागिंण तथा सर्वोपरी सुरक्षा र हकहित रक्षा गर्नु कलेजको न्यूनतम शर्त भएकाले कुनैपनि अवाच्छित गतिविधिमा जिरो टोलेरेन्स नीति अनुरुप शिक्षकलाई निष्काशित गरी प्रहरीलाई बुझाइएको कलेजले विज्ञप्तिमार्फत जनाएको छ ।

'एकेडेमीले तत्काल पीडीतको पक्षबाट निवेदन लेख्न लगाई आवश्यक प्रक्रिया पुरा गरि निजलाई कारवाहीको प्रक्रिया स्वरुप पदमुक्त गरिसकिएको र कलेज प्रशासनले नै प्रहरीलाई बुझाई कानुनी प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदछौं,' कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

अभियुक्तलाई प्रहरीको जिम्मा लगाइसकिएको र कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढिसकेको क्याम्पसप्रमुख योगराज उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा अभियुक्तलाई बचावट गर्न खोजिएको भन्ने गरि आएको समाचार पूर्ण रुपमा निराधार असत्य र यथार्थता विपरित रहेको जनाएको हो ।