डोटी क्याम्पसका बिद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसनको जानकारी

डोटी क्याम्पसका बिद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसनको जानकारी

डोटी । सामाजिक बिकास कार्यालय डोटीद्वारा डोटी बहुमुखी क्याम्पसका युवा बिद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसन बिरुद्ध जानकारी दिईएको छ ।

युवा बिद्यार्थीहरुलाई जानकारी दिएर समुदायमा लागु पदार्थ दुर्व्यसनी बिरुद्धमा सचेतना फैलाउने उद्देश्यले आईतबार सचेतिकरण कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख जयदेब महराले बताए ।

डोटी बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा युवा बिद्यार्थीहरुलाई लागु पदार्थ दुर्व्यसनी, युवा बर्गहरुमा परेको असर, नियन्त्रणको लागि युवा बिद्यार्थीहरुले खेल्नु पर्ने भूमिकाको वारेमा जानकारी दिईएको थियो । सामाजिक परिबर्तन युवाहरुको काँधमा रहेकाले युवाहरुलाई सहि सूचनाको माध्यमबाट स्वस्थ, सभ्य, सचेत बनाउनु पर्ने कार्यालय प्रमुख महराले बताए ।

कार्यक्रममा सहजिकरण गर्दै डोटी अस्पतालका डाक्टर राजेन्द्र फुलाराले स्वस्थ र सभ्य समाज निर्माणको लागि युवाहरु कुलतबाट बच्नु पर्ने कुरामा जोड दिनु भयो । कुनै रोगको समयमा उपचार गराएमा निको हुन सक्छ तर लागु पदार्थ दुव्र्यसनीको लत लाग्यो भने उपचार प्रकृया लामो र खर्चिलो भई जिन्दगी नै बर्बाद हुने भएकाले युवाहरु कुलतबाट बच्नु पर्नेमा डा। फुलाराको जोड थियो ।
यसैगरि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले लागु पदार्थको सेवन तथा ओसार पसारका सम्बन्धमा भएका कानूनी ब्यवस्थाको वारेमा जानकारी दिदै युवा बर्गले आफुले पनि जानकारी राख्ने र अरुलाई पनि जानकारी दिनु पर्ने बताए ।

सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले युवा बर्गहरु लागु पदार्थ दुर्व्यसनीबाट प्रभावित हुँदै गएकाले अभियानको रुपमा लागु पदार्थ बिरुद्धमा समुदाय स्तरमा जानकारी फैलाउनु पर्ने आबश्यकता औंल्याए । आफ्ना साथीसङ्गीलाई कुलतबाट जोगाउने हरेक सचेत युवाको दायित्व रहेको बताउदै कार्यालय प्रमुख महराले हरेक युवासम्म लागु पदार्थ दुर्व्यसनी बिरुद्धमा जानकारी प्रवाह गर्न आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथी डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले सामाजिक सचेतना फैलाउने अभियानमा स्कुल तथा कलेज प्रभावकारी माध्यम भएकाले यसलाई बिस्तार गर्दै जानु पर्ने धारणा व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय डोटीले युवा बिद्यार्थीहरुलाई लक्षित गरि बिगत केही बर्षदेखि लागु पदार्थ बिरुद्धको महाअभियान सन्चालन गरिरहेको छ ।