फेल भएका विद्यार्थीको कपि पुनः चेक गर्दा प्रथम

फेल भएका विद्यार्थीको कपि पुनः चेक गर्दा प्रथम

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अनुत्तीर्ण भएका विद्यार्थीको कपि पुनः परिक्षण गर्दा प्रथम भएका छन ।   गाउँपालिकाको वडा नम्बर ५ का एक विद्यार्थी कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएपछि पुनःपरीक्षण गराउँदा कक्षा प्रथम भएका हुन्।

वडा नं ५ स्थित कृष्ण मावि डाँडाकोटमा अध्ययनरत निरज लोहार कक्षाका राम्रै विद्यार्थी भएपनि परीक्षाफल आउँदा उनी अनुत्तीर्ण भएका थिए।

कक्षा ८ मा फेल भएपछि उनले आत्महत्या गर्ने भनेपछि उनको उत्तरपुस्तिका पुनःपरीक्षण गरिएको थियो। उत्तरपुस्तिका पुनः परीक्षण गरेपछि निरज कक्षा प्रथम भएका कृष्ण मावि डाँडाकोटका प्रधानाध्यापक श्याम गिरीले बताए।

निरजका बुवा भोजराम लुहारले छोराको नतिजा आएपछि उत्तरपुस्तिका पुनः परीक्षणका लागि विद्यालयसंग आग्रह गरेका थिए।

मालिकार्जुन गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय बोर्ड परीक्षाको धेरै विद्यार्थीहरुको परीक्षाफल सच्याएर पुन प्रकाशन गरेको छ।

कक्षा ८ को पालिकास्तरीय परीक्षामा लापरवाही भएको भन्दै गाउँपालिकाको समेत सामाजिक संजालमा व्यापक आलोचना भैरहेको छ ।