बैंकले खातामा जम्मा भएको रकम डेढ महिनासम्म रोकेपछि...

बैंकले खातामा जम्मा भएको रकम डेढ महिनासम्म रोकेपछि...

धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ८ का दीपक भुलकी श्रीमति तीन महिनादेखि सेति प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत छन् । उपचारका लागि रकम आवश्यक परेपछि चेक लगेर एनआइसी एशिया बैंकमा आफन्त पुगे । तर, बैंकले खातामा रहेको रकम निकासा दिएन् ।

श्रीमति देवशरादेवि भुलको खातामा उनका दाजुले भारतबाट रकम पठाएको श्रीमान दीपकले बताए । ‘श्रीमतिको हात, शरिर नचल्ने भएपछि चेकमा औठा छाप गरेर गएको थिए’ उनले भने –‘अन्यको खातामा रहेको रकम दिन नमिल्ने भन्दै शुरुमा बैंकले फिर्ता पठायो । मैले बैंकका कर्मचारीलाईनै अस्पताल लगेर गए । अवस्था बुझे तैपनि रकम निकासा गरेनन् ।’

उनी पटक–पटक बैंक जाँदा पनि रकम नदिएपछि बैंकको सल्लाहअनुसार आवश्यक कागजपत्र जुटाउन पुगे । बैंकले चिकित्सकको सिफारिस, निवेदन खातावालाको नजिकको आफन्तको परिचय खुल्ने पत्र, वडा कार्यालयको सिफारिस लगायतका कागजपत्र ल्याउन सुझाव दिएको थियो । उनले सो कागजपत्र तयार गरेर पुगे पनि बैंकले कारण नदेखाएरै निकासा दिन नमानेको बताए ।

मंगलबार सञ्चारकर्मीसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १ मेनरोडमा रहेको शाखामा पुगेपछि शाखा प्रमुख निर्मल लम्सालले सोही विषयमा केन्द्रिय कार्यालयसंग बुझ्ने काम भइरहेको बताए । उनले भने –‘उहाँहरुकै विषयमा म सम्पर्क गरिरहेको छु । अहिले केही भन्न सक्दिन ।’
मंगलबार बिहानदेखि बैंकमा रहेका श्रीमान दीपकलाई बैंकले डेढ महिनापछि रकम निकासा दिएको हो ।

देवशरादेवि भुल पाँच वर्षदेखि डायलाइसिसको उपचार गराईरहेकी थिइन् । उपचारककै क्रममा प्रेसर बढ्दा टाउँकोमा समस्या आएपछि आईसियूमा उपचार गराइरहेकी थिइन् ।