भारतबाट आइरहेका दार्चुलाका धुनुराम बाटोमै लुटिएपछि...

भारतबाट आइरहेका दार्चुलाका धुनुराम बाटोमै लुटिएपछि...

धनगढी । पन्जावबाट नेपाल फर्किरहेका दार्चुलाका धुनुराम लावड बाटोमै लुटिएका छन्। जिल्लाको लेकम गाउपालिका १ सर्मोली स्थायी घर भएका धुनुराम बसकै लुटपाटमा परेका हुन्।

उनको साथबाट लुटेराहरुले ३० हजार बढी नगद, मोबाइल फोन र अन्य कपडाहरु लुटेको बताइएको छ। उनलाई बेहोस पारेर बाटोमा लुटिएको बुझिएको छ। बेहोस चएर लुटिएका उनलाई बसवालाले टनकपुरमा उपचार गराएका थिए। त्यसपछि त्यहाँबाट समाजसेवी तथा रास्वपाका सुदूरपश्चिम महामन्त्री भोजराज जोशी क्वालिटीले उद्धार गरेर महेन्द्रनगर ल्याएकबा थिए।

यस्तै आजै आफूले नै सहयोग गरेर उनलाई महेन्द्रगरबाट दार्चुला घरसम्म पठाएको उनले बताए। लुटेराहरु को हुन् ? भन्नेबारे भने केही पत्तो लागेको छैन्।