कैलालीको होटलमा एक जना मृत भेटिए

कैलालीको होटलमा एक जना मृत भेटिए

धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।

गोदावरी नगरपालिका १ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका ३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले  होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।

चन्दका अनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।