वडा स्तरीय बाल भेला सम्पन्न

वडा स्तरीय बाल भेला सम्पन्न

डोटी ।डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ र पुर्विचौकी गाउँपालिका १ को वडा स्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजनको साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत वडा भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल सरकारको सात वटा चरणको योजना छनोट अन्तरगत बालबालिकाहरुको प्रत्येक्ष सरोकार राख्ने र बालबालिकाको हितको लागि आवश्यक बजेट विनियोजन गर्न माग राख्नको लागि कार्यक्रमको आयोजना गरिएको समान पहुच बिकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो ।

कार्यक्रममा स्थानीय समुदायमा रहेका बालबालिकाका सवालहरूको पहिचान गरी प्राथमिकीकरण गर्ने ती सवालहरूको न्यूनीकरणका लागि कार्य योजना निर्माण गर्ने, विभिन्न क्रियाकलापहरूको विषयमा समूह कार्य गरी प्रस्तुतीकरण गरी बालबालिकाले चाहेको भावी असल समाजको परिकल्पना सहितको योजना निमार्ण गरिएको समेत परियोजना संयोजक जोशीले बताउनु भयो ।

कार्यक्रममा योजना छनोटका चरण, प्रक्रिया र बालबालिका संग सम्बन्धीत योजनाहरुको बारेमा भेलामा छलफल भएका थिए ।

छलफल पश्चात भेलाले तयार गरेका मागहरु वडा कार्यालयलाई समेत बुझाएका थिए ।

दुई दिन सम्म संचालन भएको वडा भेला तथा योजना तर्जुमा कार्यक्रममा ५० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजनको साझेदारीमा डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन भईरहेका छन् ।