होजियारी सिप विकास तालिमको उप-प्रमुख साउदद्वारा उद्घाटन

होजियारी सिप विकास तालिमको उप-प्रमुख साउदद्वारा उद्घाटन

डोटी । होजियारी सिप विकास तालिमको दिपायल सिलगढी नगरपालिकाका उप-प्रमुख कलावती महर साउदले उद्घाटन गरेकी छिन् ।

सिप सिकौँ स्वरोजगार बनौँ, समृद्ध नेपालको विकास गरौँ भन्ने मूल मर्मलाइ मध्यनजर गर्दै गरिबी निवारणका लागि लघु विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ८ लडागडामा सुरु भएको हो ।
दिपायल सिलगढी नगरपालिका डोटीको आयोजनामा स्तर उन्नति तर्फको ४५ दिने होजियारी सिप विकाश तालिममा वडाका १८ जना महिला र किशोरी सहभागी रहने गरी उक्त कार्यक्रम सञ्चालनमा रहेको छ ।

 सहभागीहरूले यो तालिम भन्दा अगाडीको तालिममा हाते होजियरी सिप द्वारा उनबाट हातले बुनेका टोपी, सुइटर, स्काफ, दोसल्ला लगायतका सिलाइ कटाइ  सम्बन्धी सीप सिकेकाले उनीहरूलाई स्तर उन्नति गराइ मेसिनबाट पनि विभिन्न सामाग्री बनाउन उक्त कार्यक्रमको सुरुवात गरिएको जनाइएको छ ।

'सीप भनेको आत्मनिर्भर बनाउने बलियो आधार हो उप-प्रमुख साउदले भनिन् -तपाईँको घर दैलोमा आयको अवसर लाई नगुमाउनु होला ।,'

यस्ता सिप सिकी स्वरोजगार बनाउने अभियानमा नगरपालिका लागिरहेको हुँदा सिपलाई व्यावसायिक रूपमा बजारीकरण गर्न आर्थिक अभावले अवरोध नगर्ने उनले बताइन् । होसियारीबाट उत्पादन भएका विभिन्न सामाग्रीहरूको बजार व्यवस्थापन पनि नगरपालिकाले नै गर्ने उनले बताइन् ।

उद्धटान कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका अन्तर्गत लघु उद्यम विकास कार्यक्रम शाखा अधिकृत राजबहादुर खड्काले गरिबिको रेखामुनि रहेका आम समुदायका ब्याक्तिलाई सिप सिकाइ आर्थिक रूपमा अगाडि बढाउने बताए ।
सहभागितात्मक रूपमा सिप सिक्न र सिपलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।