नतिजामा उत्कृष्ट बन्दै धनगढीको एनडब्लुए

नतिजामा उत्कृष्ट बन्दै धनगढीको एनडब्लुए

धनगढी । पोखरा विश्वविद्यालय बाट व्याचुलर अफ होटेल म्यानेजमेन्ट र व्याचुलर अफ बिजनेस एड्मिनिस्ट्रेसन इन बैङ्किङ एण्ड इन्स्योरेन्स कार्यक्रमबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमकै पहिलो कलेज नेपाल वेस्टर्न एकेडेमी नतिजामा उत्कृष्ट बनेको छ ।

बि बि ए (बि आइ) उतिर्ण विद्यार्थी संदेश जैसी र राजेन्द्र बि.कले राष्ट्रिय बाणिज्य बैंकको चौथौ तहको  सहायक पदमा नाम निकालेका छन् । 

परीक्षमा पास हुने दुवै जना बिद्यार्थीलाई कलेजका एकेडेमिक डाइरेक्टर भिम बहादुर चौधरीले बधाई दिएका छन् । 

उक्त कलेजका छात्र रामचन्द्र जोशी पनि पोखरा विश्वविद्यालयको एमबिए प्रोग्राममा छात्रवृति पाउन सफल भएको चौधरीले बताए ।

होटेल म्यानेजमेन्ट बिषय तर्फ पनि विगतमा भन्दा हाल कलेजले राम्रो व्यवस्थापनका साथ ईन्टरनसिप पठाउने गरेको र आफूहरूले सोचे भन्दा राम्रो व्यवस्थापनमा इन्टर सिप गरिरहेको दुबईको अमेड फोर्स अफिस एण्ड होटेलमा इन्टर्नसिप गरिरहेका विद्यार्थी हरिशंकर जोशीले बताए । 

विदेशका होटेलमा इन्टर्नसिप गर्दै जाँदा बिद्यार्थीहरुलाई थुप्रै अवसर पनि दिने गरेको छ । मलेसियामा इन्टर्नसिप गर्दागर्दै आफ्नो बाट प्रभावित भएर आफूले सोही होटेल मै इन्टर्नसिप पाएर काम गरिरहेकी पुर्व विद्यार्थी प्रकृति धामीले बताइन् ।  

कलेजले विएचएमका साथै पछिल्लो समयमा विद्यार्थीको आकर्षण तथा रोजाईमा रहेको विविए–विआई विषयको अध्यापन गराइरहेको छ । प्राविधिक तथा सिपमुलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुँदा यस्ता विषयहरुमा कलेज ब्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेज एकेडेमीका डाइरेक्टर चौधरीले बताए ।