कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका हुन भने १ ग्राम लागुऔषधसहित उपमहानगरपालिकाकै वडा नं.८ बुद्धचोकका २० वर्षिय उमेश घले पक्राउ परेका हुन ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति पक्राउ गरेको हो । यसैगरी घलेलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।